हे शम्भु
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जगत् कर्ता तिमी शम्भु !
जगत् भर्ता तिमी शम्भु !!
तिमी मै अर्पिऊँ प्राण!
तिमी बाटै मिलोस् त्राण!!
 
मलाई देश को पीडा ,
छ भाषा भेष को पीडा!!
यही नै घाउ भर्दो छु!
म तिम्रै पाउ पर्दो छु!!
 
गरेमा देश को सेवा !
दिए सङ्कष्ट मा टेवा!!
हुँदो हो पुण्य नै पुण्य !
र हुन्थ्यो जिन्दगी धन्य !!
 
म सत् को साथ मा लागूँ!
असत् को रात मा जागूँ!!
चलोस् यो साधना मेरो !
फलोस् आराधना मेरो!!
 
गरूँ सत्कर्म को काम !
छरूँ सद्धर्म को नाम !!
फलोस् त्यो फैलियोस् भोलि !
भरोस् संसार ले झोली!!
 
अहम्, भारी बहोस् मेरो !
इमान्दारी रहोस् मेरो !!
यही नै प्रार्थना गर्छु !
बिलौना याचना गर्छु!!
 
न होऊँ व्यर्थ को झल्लो!
न होऊँ स्वार्थ को डल्लो!!
तिमी मै लिप्त होऊँ म!
दियो झैँ दीप्त होऊँ म !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016