हे आशुतोष स्वामी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हे शम्भु ! पाउ तिम्रो
पर्दैछ यो भिखारी
धोऊ न ! घाउ मेरो
पीडा घना निखारी
 
जे जे म हेर्छु देख्छु
तिम्रै विचित्र राग
रङ्गीन बाग मा छन्
लाखौं मिठा पराग
 
बास्ना न मृत्तिका मा
हाँगा न पत्रिका मा
कस्तो विचित्र बास्ना
त्यो पुष्प केशरा मा
 
गाई र वस्तु हुन्छन्
सुख्खा पराल खान्छन्
दिन्छन् अमूल्य दुग्ध
यो देखि हुन्छु मुग्ध
 
तिम्रो म कृत्य देख्छु
चौतर्फ नृत्य देख्छु
उन्मत्त प्रीति साथै
उद्दाम गीत देख्छु
 
जे जे म जान्न खोज्छु
जे जे म बुझ्न खोझ्छु
झन्झन् रहस्य बढ्छन्
लाटो म बन्न पुग्छु
 
हेरेर देखिँदैनौ
लेखेर लेखिँदैनौ
गाऊँ कसो गरी म ?
सानै छु है चरी म
 
देखिन्छ दृश्य जे जे
छन् ती अदृश्य जे जे
जे छन् अवश्य बोल्छन्
तिम्रै रहस्य खोल्छन्
 
हे आशुतोष ! स्वामी
साह्रै भएँ म कामी
होऊँ म ऊर्ध्वगामी
देऊ न ! भक्ति दामी

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016