हे कृष्ण आऊ छिटो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

होला धर्म यहाँ विनाश जहिले , झर्नेछु भन्थ्यौ तिमी
बढ्ला पाप र भार यो भुवन को , हर्नेछु भन्थ्यौ तिमी
पापाचार जहाँतहाँ असुर को , बढ्दैछ हे कृष्ण जी !
भ्रष्टाचार अदम्य भैकन उँभो , चढ्दैछ हे कृष्ण जी !
 
बाढी बाट छ ग्रस्त देश अहिले,हे कृष्ण ! आऊ छिटो
पैह्रो बाट छ ध्वस्त देश अहिले,हे कृष्ण ! आऊ छिटो
पापी कंस अघासुरादि जन को, छाया छ चारैतिर
पीडा बाट छ त्रस्त देश अहिले,हे कृष्ण ! आऊ छिटो
 
रोदी चल्दछ देश मा जब मिठो,वंशी बजाऊ तिमी
घाटू का सँगिनी सँगै चहकिलो,वंशी बजाऊ तिमी
नेपाली जन का सुसंस्कृतिहरू,सम्मृद्ध पार्ने गरी
यो मेरो मन मा बसेर रसिलो,वंशी बजाऊ तिमी
 
मेरो देश विपत्ति मा छ अहिले,आई बचाऊ न है
तिम्रै पावन भक्ति मा छ अहिले,आई बचाऊ न है
जोड्ने हैन फुटाउने क्रम यहाँ,बड्दो छ चारै दिशा
यो माटो कम शक्ति मा छ अहिले,आई बचाऊ न है
 
गीता ज्ञान दिने र कर्मगति को,विज्ञान छर्ने तिमी
योगध्यान दिने मनुष्य जति को,अज्ञान हर्ने तिमी
हे योगेश्वर ! हौ समस्त जन मा,सद्बुद्धि भर्ने तिमी
प्रेमी बन्न सिकाउने गहकिलो, कर्तव्य गर्ने तिमी
 
वर्षा को घनघोर रात छ यहाँ,तारा बनी टल्क है !
यो देशै भरि वज्रपात छ सुधा-धारा बनी छल्क है !!
तिम्रो दिव्य दया कृपा यदि मिले,यो देश हाँस्ने थियो
मौरी झैँ मह सिर्जिएर जनता ,नाचेर बाँच्ने थियो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016