हे कृष्ण कादम्बिनी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

त्यो तिम्रो उपकार भुल्न त्यसरी , मैले कहाँ हुन्छ र ?
त्यो तिम्रो व्यवहार भुल्न यसरी , मैले कहाँ हुन्छ र ?
मेरो पाउ जहाँ छ हेर ! अहिले , आधार तिम्रै त हो
जे जस्ता रचना दिंदैछु अहिले , साभार तिम्रै त हो
 
तिम्रै प्रेरक शक्ति ले म छु खडा , हे कामिनी कुन्तले !
तिम्रै उत्तम भक्ति ले छु तगडा , हे चाँदनी चञ्चले !
तिम्रो याद सँगै व्यथा जहर का , निल्दैछु एकान्त मा
तिम्रो प्रेम - पराग का कणहरू , खोज्दैछु वेदान्त मा
 
फुल्छ्यौ फूल बनेर यो हृदय को , चोखो लता मा तिमी
झुल्छ्यौ तूल बनेर नेत्र पट को , उन्मीलता मा तिमी
तिम्रो मोहक रूप नै गजल हो या काव्य - शृङ्गार हो
तिम्रो हास्य अनूप आत्मबल हो या अग्नि - अङ्गार हो
 
मेरो ज्ञान कपूर हुन्छ सहजै , तिम्रो हुँदा सम्झना
मेरो संयम बाफ बन्दछ जसै , तिम्रो हुँदा कल्पना
को हौ मेघ बनेर छाइरहने , हे कृष्ण - कादम्बिनी ?
को हौ सास बनेर आइरहने , हे प्राण कल्लोलिनी ?
 
मेरो काव्य-निकुञ्ज मा झुलिरहे , हे भावना की कली !
मेरो जीवन - भीर मा फुलिरहे , बन्दै नयाँ प्याउली
बग्नू छल्छल सिर्जना - स्वर सँगै , गाङ्गेय - धारा बनी
लग्नू निर्मल चेतना तिर अझै , सच्चा सहारा बनी

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016