हे शिव ! यो चित्त कामी भयो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

गर्छन् वेद बयान नित्य शिव को , आश्चर्य ले युक्त भै
गर्छन् स्तोत्र झुकेर देव शिव को , अज्ञान ले मुक्त भै
ती देवेश्वर को बयान कसरी , यो लेखनी ले गरोस्
तत्कालै शिवपाउ मा शिर धरोस्,यो जिन्दगी अर्पिओस्
 
देवात्मा - श्रुति `नेतिनेति´ पद मा ,टुङ्ग्याउँछन् वाचन
झुक्छन् केवल भक्ति अर्पण गरी , गर्छन् समाराधन
हे भोले ! कसरी बयान म गरूँ , माहात्म्य तिम्रो भन
सारा शब्द त्यजूँ र अर्पण गरूँ , यो चित्त आजीवन
 
तिम्रो वास भएन यो हृदय मा , यो चित्त कामी भयो
धोका मात्र सदैव दिन्छ यसले , साह्रै हरामी भयो
हे कामारि ! तिमी बसे हृदय मा , यो काम बस्दैनथ्यो
तिम्रो वास हुँदा अवश्य यसले , निर्घात डस्दैनथ्यो
 
छौ साकार कतै दिगम्बर तिमी , साथै निराकार छौ
छौ आधार सधैं प्रियङ्कर तिमी , सच्चा कलाकार छौ
रच्छौ सृष्टि अनेक ; पालन स्वयम् गर्छौ र मास्छौ स्वयम्
गर्छौ हे नटराज ! ताण्डव स्वयम् , हर्छौ र हाँस्छौ स्वयम्
 
हे गङ्गाधर ! चन्द्रशेखर ! विभो ! हे सोम ! हे शङ्कर !
हे रामेश्वर ! नील लोहित ! प्रभो ! हे उग्र ! हे ईश्वर !
तिम्रो दृष्टि दया सधैं म तिर होस् , यो भावना शुद्ध होस्
तिम्रो प्रीति प्रभा सदा मिलिरहोस् , यो चेतना बुद्ध होस्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016