हे सिंह ! उठ्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जो सिंह हुन्छ उसको , बल - वीर्य हुन्छ
त्यो रक्त मा प्रबल साहस - शौर्य हुन्छ
ऊ लड्छ भिड्छ खतरा सँग जिस्किइन्छ
फँस्दैन ; दल्दल चिरीकन निस्किइन्छ
 
लाग्दैछ आज , किन सिंह भयो बिरालो ?
डर्दैछ चढ्न हिम - पर्वत को भिरालो
भुल्दैछ ; रक्त उसमा कसको छ भन्ने ?
मङ्गोल - आर्य - खस को कसको छ भन्ने ?
 
बोल्दैन सिंह किन , आज छ मौन मौन ?
गर्दैन आँट किन , बन्दछ गौण गौण ?
लम्केर सिंह खतरा सँग जुध्न आओस्
चम्केर तेज बिजुली , रजनी भगाओस्
 
हे सिंह ! कट्कट गरीकन टोक् तँ दाह्रा
ब्वाँसा भगा कि त मसल् , खल स्याल सारा
पाखा बसीकन नहेर् अब स्याल - सत्ता
नङ्ग्रा निकाल् अब शिकार तँ गर् बिपता
 
अस्तित्व खातिर तँ उठ् किन हो सुतेको ?
तत्काल जुट् थकित झैँ किन हो टुटेको ?
त्यो सिंह - गर्जन सुना हर स्याल लाई
च्यातेर फाल् गलित शासन - जाल लाई
 
यो भ्रष्ट शासन विरुद्ध निकाल् खुँडा तँ
उठ् सिंह होस् यदि भने नकमा घुँडा तँ
ब्वाँसा विरुद्ध अनुशासनहीन बन् तँ
खा भूमि को कसम , सिंह ! नवीन बन् तँ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016