हेर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

चलोस् जिन्दगी मा लगातार आँधी !
म उड्नेछु है लक्ष्य को पङ्ख बाँधी !!
ममा आत्म-विश्वास कस्तो छ हेर !
यही मुक्त आकाश जस्तो छ हेर !!
 
छ आशा उज्यालो दियो झैँ जलेको !
कहाँ निभ्नका लागि हो यो बलेको ?
जसै दन्कला कर्म को अग्नि-लाभा !
ममा चम्कला स्वर्ण झैँ भव्य आभा !!
 
म जोड्दिन्छु आकाश पाताल लाई !
म मोड्दिन्छु त्यो काल को चाल लाई !
ममा आँट को शस्त्र यस्तो छ यौटा !
म चिर्दिन्छु सम्पूर्ण जञ्जाल लाई !!
 
म मथ्ने छु संसार को यो समुद्र !
ममा के कमी छन् ? म हूँ ब्रह्मपुत्र !!
निकालेर छोड्ने छु पीयूष धारा !
म पाएर छोड्ने छु ती जून तारा !!
 
ममा मात्र सम्भावना छन् अनन्त !
यही भन्दछन् ती महात्मा र सन्त !!
यहाँ क्यै नयाँ गर्नु पर्ने छ मैले !
न मर्ने गरी मर्नु पर्ने छ मैले !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016