होस् लेखनी अब्बल
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यी मेरा रचना युगौंयुग जिऊन् , सन्देश मीठो दिऊन् !
फाटेका जन का सबै मन सिऊन् , टर्रो र तीतो लिऊन् !!
होऊन् विम्ब सशक्त, झङ्कृत गरून् वीणामयी चेतना !
निस्कून् राग र रागिणी हृदय का , गुञ्जून् व्यथा वेदना !!
 
अन्धो रूढि विरुद्ध उम्लन पुगोस् , यो लेखनी को मसी !
भ्रष्टाचार विरुद्ध कुर्लन पुगोस् , यो लेखनी को मसी !!
तीखो व्यङ्ग्य गरेर नीति तह मा, चर्कै गरोस् खल्बल !
मैला फोहर फाल्न यो मुलुक मा , ल्याओस् नयाँ हल्चल !!
 
हुम्ला या मुगु कालिकोट तिर का , जे हाल छन् देखियून् !
जुम्ला लेक र बाजुरा अगति ले , बेहाल छन् लेखियून् !!
कर्णाली कति दर्द मा छ त्यसको , पत्तो लगाईकन ।
लेखून् यी कर ले सजीव रचना , पीडा बगाईकन ।।
 
माटो देख्दछु शुष्क छन् जल विना , फल्छन् त्यहाँ भोक नै ।
बाटो देख्दछु कार - मोटर विना , हिँड्छन् त्यहाँ रोग नै ।।
कर्णाली सँग रत्न छन् प्रकृति का , साथै त्यहाँ शोक छन् ।
सत्ता का जति यत्न छन् प्रगति मा , ती रोक छन् टोक छन् ।।
 
एस्तै सत्य सदा उजागर गरोस् , यो लेखनीशक्ति ले !
ऊर्जाशील बनोस् र जाँगर भरोस् , श्रद्धामयी भक्ति ले !!
देओस् साथ गरीब दीन जन को , श्रीसम्पदा बढ्न मा !
लेखोस् लेख अपाङ्ग - हीन जन को , अन्याय मा लड्न मा !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016