ॠषिराम जी र बन्दीपुर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यो बन्दीपुर का सपूत कति छन् , आँखा उज्याला दिने
शिक्षा स्वास्थ्य दिने नयाँ पथ दिने , भाका निराला दिने
माया मात्र दिने नयाँ गति दिने , छन् लाल - पुर्जा दिने
छाया - छत्र दिने समुन्नति दिने , छन् भव्य - ऊर्जा दिने
 
ती मध्ये ॠषिराम हुन् चहकिला - तारा यही मान्छु म
हुन् ती ज्ञान - पिपासु निम्ति रसिला - धारा यही ठान्छु म
वर्षौं - वर्ष खटेर शिक्षक बनी , अज्ञान हर्ने उनै
सक्दा सम्म जुटेर बाल - मन को , सन्धान गर्ने उनै
 
सच्चा शिक्षक हुन् भनेर सब नै , भन्छन् यही सुन्छु म
मान्छे नैतिक हुन् भनेर सब नै , भन्छन् खुशी हुन्छु म
जे देखें उनमा म बोल्दछु उही , यो चेतना ले यहाँ
जे भोगेँ सब सत्य खोल्दछु उही , यो सिर्जना ले यहाँ
 
लड्ने हो प्रतिकूलता सँग उँभो चढ्ने न हो जिन्दगी
पढ्ने हो हर धूमकेतु खतरा , बढ्ने न हो जिन्दगी
आफ्नो देश निमित्त बाँच्न नसके , के बाँच्नु भन्छन् उनी
भाषा - संस्कृति भेष साँच्न नसके , के साँच्नु भन्छन् उनी
 
साथी को व्यवहार मा मन दिने , देखिन्छ यो भावना
दु:खी को सहयोग मा धन दिने , देखिन्छ संवेदना
आफ्ना साँध छिमेक बीच गहिरो , सम्बन्ध राख्छन् उनी
बढ्छन् नित्य अगाडि उच्च तहको , गन्तव्य ताक्छन् उनी
 
मान्छे ज्ञान लिई उही समय मै , जाग्यो भने हो महान्
मान्छे व्यक्ति समाज देश हित मा , लाग्यो भने हो महान्
यस्तो मा ॠषिराम जी सबल छन् , गर्छन् तपस्या घना
सेवा गर्न समाज मा सफल छन् , गर्छन् घना साधना
 
नाला गन्दगिलो बनी तलतलै , झर्दो नहोस् जिन्दगी
मैलो या धमिलो बनी अझ उँधै , सर्दो नहोस् जिन्दगी
बाँच्नै पर्दछ शान - मान - गरिमा - सौहार्द को जिन्दगी
हाँस्नै पर्दछ मानवीय महिमा - सद्भाव को जिन्दगी
 
यस्ता दिव्य विचार - चिन्तन लिनेे , व्यक्तित्व नै हुन् ॠषि
आफ्नो गाउँ समाज मा मन दिने , व्यक्तित्व नै हुन् ॠषि
छोटो जीवन भित्र गर्नु छ यहाँ , केही त राम्रा कुरा
बुट्टा कोर्नु छ रङ्ग भर्नु छ यहाँ , मेटी नराम्रा कुरा
 
भन्दै सत्पथ मा समर्पित हुने , मान्छे यिनै हुन् ॠषि
आफ्नो देश निमित्त गर्वित हुने , मान्छे यिनै हुन् ॠषि
सच्चा पुत्र बने सही पति बने , पितृत्व राम्रो दिए
अच्छा मित्र बने र सन्मति दिए , भ्रातृत्व राम्रो लिए
 
आगामी दिन सिर्जनामय बनून् , केही गरून् यी ॠषि
ऊर्जा युक्त र चेतनामय बनून् , मोती छरून् यी ॠषि
जाऊन् यी ॠषि जी जहाँ तर सँगै , जाओस् न बन्दीपुर
गाऊन् नृत्य गरून् उनी सँगसँगै , छाओस् न बन्दीपुर

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016