अघि बढ्नुछ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

प्रलय का घनघोर घटा उडून्
कुपित भै शिव ले कि जटा चुँडून्
हर परिस्थिति मा अघि बढ्नु छ
विकट - जीवन - पर्वत चढ्नुछ
 
विपद आउँछ जान्छ हुरी सरि
गहन ज्ञान सिकाउँछ सुस्तरी
अटल धैर्य लिईकन हिंड्नुछ
विविध बिघ्नहरू सँग भिड्नुछ
 
अमृत झैं पसिना म छरी दिऊँ
शिव बनी विष-पान गरी दिऊँ
अमर को छ यहाँ जिउ-ज्यान ले ?
मुलुक को हित निम्ति मरी दिऊँ
 
नयन मा दुख होस् कि त रोदन
हृदय मा सुख होस् कि त मोदन
सम भई, इनका बिच खेल्नुछ
समय को गहिरो गति झेल्नुछ
 
विजय होस् कि पराजय होस् कहीँ
अभय होस् अथवा भय होस् कहीँ
हर तुफान सधैं पिइजानु छ
अमर नाम यहाँ दिइजानु छ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016