आऊ आऊ , जून ! आऊ न आऊ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

आऊ आऊ , जून ! आऊ न आऊ
साना साना , हात हाम्रा समाऊ
 
बस्ने तिम्रो , काख मा हो जरायो ?
या हो सानो , लामकाने खरायो ?
आऊ आऊ , जून ! आऊ न आऊ
हामी साथी - भाइ सङ्गै रमाऊ
 
लुक्ने हेर्ने , हो भने बादलू मा
नाच्ने झुम्ने , हो भने मादलू मा
आऊ आऊ , जून ! आऊ न आऊ
हामी सङ्गै , मोज मस्ती जमाऊ
 
तिम्रो बस्ती , रैछ कालो अँध्यारो
हाम्रो धर्ती , हेर ! कस्तो उज्यालो
आऊ आऊ , जून ! आऊ न आऊ
क्वैली जस्तै , गीत गाऊ न गाऊ
 
तिम्रा साथी , हुन् कि नौलाख तारा ?
चम्चम् गर्ने , चम्किएका सितारा ?
साथी ल्याऊ , जून ! आऊ न आऊ
राजा रानी का कहानी सुनाऊ
 
आऊ आऊ , जून ! आऊ न आऊ
साना साना , हात हाम्रा समाऊ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016