आज को मानवता
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

एक्काईस सदी नयाँ प्रविधि ले , विज्ञान ले युक्त छ
नौला संस्कृति सभ्यता नव कला - सन्धान ले युक्त छ
मान्छे सभ्य छ किन्तु सर्प सरि ऊ , फुङ्कार भर्दोछ झैँ
मानौं मानवता जुनै शहर मा , चीत्कार गर्दोछ झैँ
 
मारिन्छन् कति बाल वृद्ध वनिता , खप्दै बलात्कार ले
मासिन्छन् कति सन्त दुष्टजन को,अन्धो अहङ्कार ले
गोली बारुद मात्र यो समय ले , चौतर्फ छर्दोछ झैँ
मानौं मानवता कुनै कहर मा , चीत्कार गर्दोछ झैँ
 
छन् शिक्षालय लाख विश्व भरि नै , छन् विश्वविद्यालय
छन् गुम्बा मठ चर्च मस्जिदहरू , छन् उच्च देवालय
यो हो सत्य परन्तु दानवपना , झन् आज बढ्दोछ झैँ
मानौं मानवता हरेक घर मा , चीत्कार गर्दोछ झैँ
 
`यो धर्ती भरि का कुटुम्ब जन हुन्´ , पुर्खा यही भन्दथे
`बाँचौं बाँच्न दिऔं सबै स्वजन हुन्´, पुर्खा यही भन्दथे
त्यो अग्लो र उदार चित्त अहिले , पाताल झर्दोछ झैँ
मानौं मानवता नदी - बगर मा , चीत्कार गर्दोछ झैँ
 
विद्वान् मा पनि जातिवाद छ घना , विद्वेष फैलाउने
शान्ति - प्रेम जलाउने र समता - सद्भाव मैल्याउने
हिंसा - स्वार्थ - घृणा जघन्य पशुता , चौतर्फ सर्दोछ झैँ
मानौं मानवता दुखी टहर मा , चीत्कार गर्दोछ झैँ
 
पैसा निम्ति मनुष्य बिक्छ अहिले , ऊ गर्छ हत्या पनि
कुर्सी निम्ति मनुष्य मर्छ अहिले , ऊ खोस्छ सत्ता पनि
होली खेल्दछ रक्त को सुजन को , घाँटी निचर्दोछ झैँ
मानौं मानवता खुला चहुर मा , चीत्कार गर्दोछ झैँ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016