आह्वान गीत
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

नसा - रक्त मा तीव्र उल्लास बोकी ।
स्वयम् मा घना आत्मविश्वास बोकी ।।
नयाँ प्राण यो देश मा भर्न आऊ ।
समुत्थान यो देश को गर्न आऊ ।।
 
बदल्नैछ चिर्नैछ कालो - अँधेरो ।
छिचोल्नैछ तोड्नैछ जालो र घेरो ।।
सधैं ध्यान यो देश मा धर्न आऊ ।।
समुत्थान यो देश को गर्न आऊ ।।
 
अनाचार अन्याय नासेर छाड्न ।
गरीबी र अज्ञान मासेर छाड्न ।।
सही ज्ञान यो देश मा छर्न आऊ ।
समुत्थान यो देश को गर्न आऊ ।।
 
सुनौलो महान् स्वप्न या आश बोकी ।
अभूत्पूर्व सत्कर्म को प्यास बोकी ।।
सुसम्मान ले देश यो वर्न आऊ ।
समुत्थान यो देश को गर्न आऊ ।।
 
तिमी बुद्ध को शान्ति - सन्देश छर्दै ।
विषादी र विभ्रान्ति विध्वंश गर्दै ।।
वृथा ज्ञान यो देश को हर्न आऊ ।
समुत्थान यो देश को गर्न आऊ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016