उड् उड् उड् अब उड्
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

ए पन्छी ! उडिदे न त्यो गगन मा , हेरून् तँलाई सब
छत्री झैँ खुलिदे न त्यो पवन मा , छाया लिऊन् है सब
इच्छाशक्ति लगान एक गरिदे , उद्देश्य भेट्ने भए
सारा सास उडान बीच भरिदे , त्यो प्यास मेट्ने भए
 
छाती भित्र विशाल चिन्तन सँगै , आकाश बोकी तँ उड्
आँखा भित्र अनन्त जीवन सँगै , विश्वास बोकी तँ उड्
निल्ने हो हर धूमकेतु खतरा , सङ्घर्षशाली हुँदै
ए पन्छी ! यमराज जित्नुछ भने , नि:श्वास रोकी तँ उड्
 
भित्री संशय त्यागिदे गगन को , तारा छुने हो भने
आत्मा को भय फालिदे अवनि को , तारा हुने हो भने
तेरो भव्य अठोट मा वर दिनन् , ती देवता ले पनि
यी भूगोल - खगोल ले बल दिनन् , शाखा - लता ले पनि
 
तेरो होस् अनिरुद्ध वेग नभ मा , नक्षत्र जोड्ने तँ बन्
अन्धो रूढि विरुद्ध का अति कडा , चट्टान फोड्ने तँ बन्
तैंले सिक्नुछ यो उडान सँग नै , झन् ऊर्ध्वगामी हुन
तैंले जान्नुछ आज को समय मा , झन् अग्रगामी हुन
 
काला बादल विघ्न का जति हुनन् , चिर्दै तँ उड् ए चरी
आगो वज्र र चड्कनी पनि हुनन् , छिर्दै तँ बढ् ए चरी
धक्का दे युग मोडिदे प्रविधि का , प्राप्तव्य ती पाइदे
उड् उड् उड् अब उड् उँचाइ छुन उड् , गन्तव्य भेट्टाइदे

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016