ए बाबु ! सुन्नू कुरा
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

के सल्लाह दिँदैछ को गजब ले , ए बाबु ! सुन्नू कुरा
त्यो मन्तव्य र मन्त्रणा हृदय ले , ए बाबु ! गुन्नू पुरा
के हो साधक तत्त्व बुद्धि बल ले , जाँचेर हेर्नू तिमी
के हो बाधक युक्ति ले मगज ले , भाँचेर हेर्नू तिमी
 
कोही डाह गरून् जलून् बिख पिऊन्,वास्ता नगर्नू तिमी
कोही `वाह´ भनून् प्रशंसक बनून् , आस्था नराख्नू तिमी
डाहा देखि नआत्तिनू ; कनक झैँ , निर्दोष बन्नू अझै
आहा देखि नमात्तिनू शिखर झैँ , सर्वोच्च बन्नू सधैं
 
तिम्रो सीप निखारियोस् सबल होस् , पोल्नू कमी दुर्गुण
तिम्रो बुद्धि तिखारियोस् प्रबल होस् , खोल्नू खुबी सद्गुण
योद्धा बन्न डराउने जनहरू , हुन्नन् यशस्वी कुनै
मार्गै बाट हराउने मनहरू , हुन्नन् तपस्वी कुनै
 
जो हुन्छन् गतिमान् विशेष मतिमान्,हुन्छन् उनैका अरि
जो हुन्छन् बलवान् अशेष धनवान् , हुन्छन् उनैका परी
जो मा हुन्छ विशेषता प्रखरता , ऊ बन्छ अस्तित्ववान्
जो मा हुन्छ उदारता र गुरुता , ऊ बन्छ नेतृत्ववान्
 
खुट्टा तानिरहून् न दुर्जनहरू , तिम्रो क्रिया - शक्ति मा
ईर्ष्या खूब गरून् न दुश्मनहरू , तिम्रो प्रिया - भक्ति मा
झन्झन् अङ्गद झैँ जमाउन सके , कर्तव्य मा पाउ ती
झन्झन् धावक झैँ बढाउन सके , गन्तव्य मा ह्याउ ती

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016