ए हड्डीहरू !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

कालो बादल पश्चिमी क्षितिज को , लाग्दैछ यो देश मा
आँखा मा सपना बुनेर उसले , ताक्दैछ यो देश मा
पाखा - पर्वत का र गाउँ - घर का , नाडी - नसा तन्त्र मा
हावा पश्चिम कै छ यो मुलुक का , सम्पूर्ण संयन्त्र मा
 
हाम्रो संस्कृति को निकुञ्ज वन मा , लाग्ला डढेलो कतै
वैरी ले शिर माथि को गगन मा , फाल्ला नि छेलो कतै
हामी आज सतर्क बन्नुछ दुवै , खोलेर आँखाहरू
चाँडै लाग्नुछ उन्नति - प्रगति मा , कोरेर खाकाहरू
 
हुन् हाम्रा पहिचान संस्कृतिहरू , ती चाड हुन् पर्व हुन्
ग्याल्पो तीज छठी म्हँ फागु र दशैं , यो देश का गर्व हुन्
कैयौं मौलिक रीति छन् प्रकृति छन् , यो देश का काख मा
नेपालीपन को विशिष्ट गरिमा , हो एकता लाख मा
 
हाम्रो दर्शन माथि पश्चिम - चरी , बस्ला र बिष्ठ्याउला
हाम्रो आँगन भित्र हिम्मत गरी , पस्ला र सिद्ध्याउला
नाकै माथि छ हेर!आज खतरा , खस्ला कि खस्ला कि झैँ
वैरी ले नख - दन्त तीक्ष्ण र दह्रा , धस्ला कि धस्ला कि झैँ
 
हाम्रो गौरव नै बलात्कृत हुँदा , हामी हुने मूक हो ?
हाम्रो चिन्तन नै प्रताडित हुँदा , हामी रुने सुँक्क हो ?
ए हड्डी ! अब घोटिएर सहसा , आगो निकाल् देह को
पारी भस्म पराल - पत्करहरू , मैलो पखाल् देश को

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016