ए विद्युत् - सपनाहरू !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

ए विद्युत् - सपनाहरू ! नयन का , चम्केर के गर्दछौ ?
बर्षन्नौ घनघोर बादल बनी , गर्जेर के गर्दछौ ?
देखाईकन नित्य स्वर्णिम छटा , के निम्ति छल्छौ तिमी ?
दिन्नौ उज्ज्वल रश्मि हे घनघटा ! के निम्ति बल्छौ तिमी ?
 
मेरो नीँद सँगै सुरम्य सपना , घैंटो फुटे झैँ फुटे
प्रात: सूर्य उदाउँदा गगन का , तारा टुटे झैँ टुटे
त्यो आनन्द छियाछिया हुन पुग्यो , जो हुर्किएथ्यो ममा
त्यो सौन्दर्य धुवाँधुवाँ हुनपुग्यो , जो सिर्जिएथ्यो ममा
 
वर्षा को जल बाट बुद्बुद बने - जस्तै भए स्वप्न ती
भत्केको गिरि धूल धूसर बने - जस्तै भए स्वप्न ती
के ती स्वप्नहरू कुनै समय मा , साकार होलान् त खै ?
ढुङ्गा धातु कुँदी छिनो र घन ले , आकार देलान् त खै ?
 
देख्दैमा सपना निरन्तर युगौँ , बित्ने भयो के गरूँ ?
सोच्दैमा दिनरात जीवन यसै , टुट्ने भयो के गरूँ ?
उम्रेका हर बोट पल्लवित भै , फुल्छन् र फल्छन् यहाँ
मेरै मात्र सुरम्य स्वप्न नफुली , ढल्छन् र जल्छन् यहाँ
 
मान्छे तीन करोड छन् र तिनका , संयुक्त स्वप्नै म हुँ
नङ्ग्रा तीस करोड छन् र तिनका , उन्मुक्त स्वप्नै म हुँ
मेरो स्वप्न समुन्नति - प्रगति हो , ऐश्वर्य हो शान हो
हो उद्योग र स्वाभिमान - सुख हो , या आत्मसम्मान हो

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016