कपिमञ्च नहोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

कवि बन्धन को अवरोधक हो
कवि नै गुण-गौरव बोधक हो
कवि पुग्छ त्यहाँ रवि हुन्न जहाँ
कवि को गति सीमित हुन्छ कहाँ ?
 
कवि बोल्दछ ज्ञान-मुहान दिन
कवि खोल्दछ दृष्टि बिहान दिन
कवि को कति शब्द बुझिन्न किन ?
कवि लेख्दछ किन्तु पुजिन्न किन ?
 
कवि नै अजरामर गायक हो
कवि नै शुभ-मङ्गलदायक हो
हर मानव मा कवि नायक हो
कवि ईश्वर को परिचायक हो
 
अहिले कवि नै कपि बन्न पुग्यो
अथवा कपि नै कवि बन्न पुग्यो ?
किन धीर-गभीर हुँदैन कवि ?
किन मार्मिक-तत्त्व छुँदैन कवि ?
 
अहिले कपि-गान भयो कविता
उसकै सुर-तान भयो कविता
न छ मन्द-सुगन्ध, न छन्द त्यहाँ
हिउँ मा हिम-पान भयो कविता
 
कवि ले दिनुपर्छ विचार छुरा
मन-मन्थन बाट पुनीत कुरा
कवि-मञ्च सदैव उपास्य रहोस्
कपि-मञ्च बनी उपहास्य नहोस्
 
 
कपि = बाँदर

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016