कलम लाई आह्वान
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

ए सम्पन्न मसी हुने कलम हो ! देशै जगाओ न है
निद्रा मूर्च्छित चेतना मुलुक का , टाढा भगाओ न है
भोका पेट निमित्त अन्न - धन को , जोहो गरोस् शासन
नाङ्गा आङ हुने गरीब जन को , चिन्ता हरोस् शासन
 
लेखिन्नन् युग का जरूरत भने,के लेख्नुको सार छ ?
सोचिन्नन् युग निम्ति उन्नत भने , के सोच्नुको सार छ ?
तिम्रा घातक बाण रोपिन पुगून् , सत्तामुखी चाल मा
तिम्रा शाब्दिक व्यङ्ग्य वज्रन पुगून् ,काला अरिङ्गाल मा
 
पाखा - पर्वत को महत्त्व - महिमा , झल्काइदेओ तिमी
माटा को जल को गुरुत्व - गरिमा , टल्काइदेओ तिमी
जागोस् निद्रित शक्ति उज्ज्वल बनी , नेपाल को शान मा
उम्लोस् हार्दिक भक्ति निर्मल बनी , नेपाल - निर्माण मा
 
आँखा मा सपना लिनेे युवक मा , आस्था जगाओ छिटो
ओजस्वी रचना दिने मगज मा , निष्ठा जगाओ छिटो
गर्ने काम हजार छन् मुलुक मा , खाँचो छ उत्साह को
पानी बाल्न सकिन्छ अग्नि सरि नै , खाँचो छ त्यो चाह को
 
विद्रोही बन जात - छूत अथवा , अस्पृश्यता का अघि
आगो झैँ बन हीनता मलिनता , सङ्कीर्णता का अघि
चिर्नैछन् हर अन्धकार युग का , ल्याएर लाली उषा
छर्नैछन् पसिना कडा कलम हो ! धाएर चारै दिशा
 
जो पापी मल छन् र दुष्ट दल छन् , ती भित्र पस्लान् कतै
जो दुर्योधन छन् र नीच खल छन् , ती मित्र बन्लान् कतै
देलान् लोभ खुवाउलान् सरसिला , मिष्ठान्न नानाथरि
त्याग्नू कृष्ण बनेर भोग कुरु का , पक्वान्न नानाथरि

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016