केही भिन्न गरेर मर्न मन मा,इच्छा छ मेरो बुझौं ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

केही भिन्न गरेर मर्न मन मा,इच्छा छ मेरो बुझौं ।
तारा भैकन चम्किने गगन मा, इच्छा छ मेरो बुझौं ।।
 
गाऊन् गीत स्वदेश को सब मिली,यस्तो रचूँ सिर्जना ।
छाऊँ ती जन मा तथा विजन मा, इच्छा छ मेरो बुझौं ।।
 
मेरो स्पन्दन मा लयात्मक बनी,नेपाल धड्कोस् सधैं !
माटो को महिमा छरूँ पवन मा, इच्छा छ मेरो बुझौं ।।
 
जानै पर्दछ जन्मिए पछि यहाँ , यो शाश्वती सत्य हो ।
रोऊन् लाख मनुष्य त्यो निधन मा, इच्छा छ मेरो बुझौं ।।
 
लेखूँ चस्स छुने कतै हृदय मा,त्यो देश को राग होस् ।
घन्कोस् गीत विचार को घनन मा,इच्छा छ मेरो बुझौं ।।
 
नेपालीपन मा तथा चलन मा,खर्चूं म यो जिन्दगी !
माटो होस् शिर मा समस्त तन मा,इच्छा छ मेरो बुझौं ।।
 
भाषा को म सदैव पूजन गरूँ,सेवा गरूँ काव्य को ।
नेपाली दिल मा सधैं रहन मा,इच्छा छ मेरो बुझौं ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016