को बस्छ मेरो घर ?
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

कोही देश बनाउँदै अघि बढे , हामी बन्यौं लाहुरे ।
कोही भव्य समृद्धि को गिरि चढे , हामी रह्यौं दाउरे ।।
 
सत्तासीन बनेर शापित हुने , बानी छ हाम्रो सधैं ।
को बोक्ला गतिलो गरी मुलुक यो , छन् आउरे बाउरे ।।
 
कोही एक दह्रो मियो भइदिए , हट्थे कि बैरीहरू ।
के होला र विकास उच्च तहको , छन् ताउरे माउरे ।।
 
आफ्ना उत्तम लोक संस्कृति सजून् , बाजा बजून् देश का ।
नेपाली पहिचान बर्द्धन गरी , को गाउलान् झ्याउरे ?
 
आजै काम शुरू गरोस् प्रगति को , कोही बनोस् अर्जुन ।
आओस् सिंह कुनै त गर्जन गरी , धेरै भए फ्याउरे ।।
 
सच्चा होस् प्रतिबद्धता मुलुक मा, केही नयाँ गर्नुछ ।
आऊन् अङ्गद का विशिष्ट बलिया , टिक्ने दह्रा पाउ रे ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016