गीत
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

मेरो हार्दिक गीत - कला मा
तिम्रो कोकिल स्वर होस्
त्यो स्वर होस् हर कण्ठ - गला मा
गुञ्जित गाउँ - शहर होस्
 
हाम्रो संस्कृति - गुण - गरिमा को
गौरव होस् त्यसमा
मातृभूमि को मृदु - महिमा को
सौरभ होस् त्यसमा
कलकल छलछल भाव मधुर होस्
धुन अझ सुन्दरतर होस्
मेरो हार्दिक गीत - कला मा
तिम्रो कोकिल स्वर होस्
 
सुखदुख होस् जनजन को त्यसमा
गाऊन् बाल - युवा ले
हृदय हृदय को तार बजाऊन्
आमा सहित बुवा ले
वन्दित अभिनन्दित सुर - लय त्यो
युगयुग सम्म अमर होस्
मेरो हार्दिक गीत कला मा
तिम्रो कोकिल स्वर होस्

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016