चम्कन्छु झैँ लाग्दछ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

यात्रा तीव्र छ लक्ष्य को सफलता , टाढा छ मेरो अझै
टाढा होस् जति नै लगाव मुटु मा , गाढा छ मेरो अझै
अग्ला पर्वत छन् र भीर पहरा , चढ्नैछ मैले यहाँ
तोड्नैछन् खतरा र विघ्न - लहरा , बढ्नैछ मैले यहाँ
 
चढ्दा खस्न पुगिन्छ झन् दृढ बनी , गन्तव्य मा लाग्नुछ
हिंड्दा थाक्न पुगिन्छ झन् बल गरी , उद्देश्य नै ताक्नुछ
मेरा पाउहरू उँभो बढिरहून् , सङ्कल्प का साथ मा
मेरा कर्म उँचाइ मा चढिरहून् , सन्ध्या - दिवा - रात मा
 
निस्कून् काव्य कला निमित्त पसिना,ती झन् अझै टल्कियून्
बर्षून् भाव - विचार - बिन्दु - असिना , छाती नसा बल्कियून्
ऊर्जा जोतिरहूँ जुनै समय मा , गन्तव्य मा चित्त होस्
हड्डी घोटिरहूँ म हार - जय मा , सत्साधना नित्य होस्
 
मैले पढ्नुछ जिन्दगी भरि नयाँ - उत्साह ले आश ले
बुट्टा कुँद्नुछ यत्न ले मगज ले , अक्षुण्ण अभ्यास ले
होस् यो जीवन फूल को महक झैँ , माधुर्य ले युक्त होस्
होस् विद्युन्मय दीप को चहक झैँ , सौन्दर्य - संयुक्त होस्
 
छन् मेरा पनि कत्ति दुश्मनहरू , ती देखि जोशिन्छु म
कैयौं छन् अवरोध - कण्टकहरू , ती देखि हौसिन्छु म
ती द्वारा म अझै परिष्कृत बनी , चम्कन्छु झैँ लाग्दछ
नेपाली दुनियाँ चिनाउन भनी , लम्कन्छु झैँ लाग्दछ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016