छैनन् कुनै हेर ! तिमी समान
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

उत्तालिंदो सागर - ऊर्मि देखें
जल्दै गरेको मरुभूमि देखें
साँचो कुरा केवल यो छ जान
तातो कहीं छैन तिमी समान
 
यो जिन्दगी मा कति मीत लाएँ
आश्चर्य का गीत सुनें सुनाएँ
साँचो कुरा केवल यो छ जान
छैनन् कुनै मीत तिमी समान
 
फुल्छन् शयौं फूल सुवास छर्छन्
झर्ना बहन्छन् हर चित्त हर्छन्
साँचो कुरा केवल यै छ जान
छैनन् कुनै तुल्य तिमी समान
 
बर्षात को श्रावण - भेल हेरें
आँधी हुरी को पनि खेल हेरें
उद्दाम उत्पात अचम्म जान
छैनन् कुनै एक तिमी समान
 
विस्फोट को बारुद - ताप छोएँ
ज्वालामुखी को पनि राप छोएँ
साँचो कुरा केवल यो छ जान
तातो कहीं छैन तिमी समान

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016