छोराछोरी का लागि
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

तिम्रा कारण ले पिता र जननी,रुन्छन् भने बाँच्नु के ?
तिम्रा कर्तुत ले निरन्तर दुखी,हुन्छन् भने बाँच्नु के ?
देख्दैनौ पसिना र त्याग तिनका,आत्मीय संवेदना ?
तिम्रा शाब्दिक झीर ले मुटु सधैं,उन्छन् भने बाँच्नु के ?
 
तिम्रा निम्ति सिँढी बनेर रहँदा,माता - पिता कुप्रिए
कामै मा दिनरात जोतिरहँदा,माटो बनी थुप्रिए
तिम्रै चाह निमित्त मा हृदय का,आशाहरू मक्किए
तिम्रै भोक र प्यास मेट्न मुटु का ,इच्छाहरू सक्किए
 
तिम्रो उन्नति मा तथा प्रगति मा,आमाबुबा नाच्दछन्
तिम्रै लागि भनेर खर्च न गरी,श्रीसम्पदा साँच्दछन्
तिम्रो शान्त सुखी मुहार हँसिलो,देखेर रम्छन् तिनै
तिम्रा कष्ट र पीर बाट हिउँ झैँ,बन्छन् र जम्छन् तिनै
 
तिम्रो नाम चलोस् भनेर प्रभु मा,ती प्रार्थना गर्दछन्
तिम्रो काम बनोस् भनीकन स्वयं,ती काम मा खट्दछन्
एस्तो यो ऋण बिर्सियौ यदि भने,के पाप लाग्दैन र ?
आमाबाबु दुखी बने यदि भने,सौभाग्य भाग्दैन र ?
 
जस्तै कष्ट घना-विपत्ति खनियोस्,सर्लक्क सोस्छन् उनै
दुख्ने मार्मिक वज्र वाक्य भनियोस्,सन्तान पोस्छन् उनै
तिम्रो जीवन स्वस्थ होस् सबल होस् यै मात्र ती खोज्दछन्
आफैं दर्द सहेर आँशु पिउँछन् , छाती स्वयं ठोक्दछन्
 
चम्पा फुल्छ र दिन्छ वास मधुरो,राखे कि फाले पनि
आगो जल्छ र दिन्छ ताप गहिरो, फाले कि बाले पनि
छाड्दैनन् ऋषि ले कदापि निज को,लोकोपकारीपना
उस्तै प्रेम पलाइदिन्छ मुटु यो , काटे कि ढाले पनि

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016