जहाँ छन् खतरा सारै , हे युवा ! न डरी पस !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

जहाँ छन् खतरा सारै , हे युवा ! न डरी पस !
दुखी छन् ई धरा धेरै , मनमा ओखती घस !!
 
धाँजा फाटेर जानै छन् ,बाधा या व्यवधान का !
डाँडा काटेर जानै छन् ,अग्ला-अग्ला चढान का !
 
धर्म मा छन् भने खोट , चिरेर फाल हे युवा !
कर्म मा गर विस्फोट , उज्यालो बाल हे युवा !!
 
तन ले हुन्न है वृद्ध ,मन ले हुन्छ वृद्धता !
युवा पौरुषले बढ्छ ,देश भित्र समृद्धता !!
 
देश का मूल आधार ,तिमी हौ, कर्णधार हौ !
ऊर्जा भण्डार हौ सिङ्गो ,असीम हौ,अपार हौ !!
 
हार ले हार्नुपर्ने छ ,तिम्रा सामु झुकीझुकी !
तिम्रो विजय ले सारा ,शत्रु मर्छन् सुकीसुकी !!
 
तिम्रो विचार नै तीखो-धारिलो तरबार हो !
संसारमा सबैभन्दा , तेजिलो हतियार हो !!
 
देखेर वीरता तिम्रो ,वैरी ले डाह गर्दछन् !
लेखेर कविता राम्रो ,आत्मै ले "वाह" गर्दछन् !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016