जून म सामु आउँदा
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

कालो घना - बादल झैँ छ केश
हेर्यो जहाँ अद्भुत लाग्छ भेष
सन्ध्या सँगै ती मधु - मन्द छाउँदा
अवाक् भएँ जून म सामु आउँदा
 
चलाउँदै यो मन भित्र बाण
दिलाउँदै यौवन को प्रमाण
हतार मा पाउ यतै बढाउँदा
अवाक् भएँ जून म सामु आउँदा
 
म पो हराएँ कि उनी हराइन्
विक्षिप्त विक्षिप्त दशा गराइन्
एक्कासि झुल्कीकन मुस्कुराउँदा
अवाक् भएँ जून म सामु आउंदा
 
ती नेत्र मा क्यै अनुरोध देख्दछु
उहीँ कतै फेरि विरोध देख्दछु
तथापि सङ्घर्ष गरी उदाउँदा
अवाक् भएँ जून म सामु आउँदा
 
अनाथ का लागि सहायिका झैँ
सद्भावना की परिचायिका झैँ
यो रात मा ज्योति नयाँ जगाउँदा
अवाक् भएँ जून म सामु आउँदा
 
बिछोड को तड्पन झैँ बनीकन
उन्माद को धड्कन झैँ बनीकन
यो चेतना मा बिजुली जलाउँदा
अवाक् भएँ जून म सामु आउँदा

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016