तन सँगै मन गर्छु समर्पण
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

जब दिवाकर दिव्य उदाउँथे
मधुर मन्द हुँदै मुसुकाउँथे
व्रज-कुमार सँगै घनश्याम नै,
सकल धेनु लिई वन धाउँथे
 
हरित जंगल कान्ति फिँजाउँथ्यो
अतुल उत्तम शान्ति दिलाउँथ्यो
छलल छल्किदिने जमुना-जल,
पनि थियो मृदु शीतल निर्मल
 
विपिन बीच विहङ्गम सुन्दर
कल - निनाद गरेर निरन्तर
सुर र ताल विचित्र निकाल्दथे
ध्वनि अलौकिक शोभित पार्दथे
 
जब उहीँ मनमोहन आउँथे
मृदुल वेणु विचित्र बजाउँथे
तिरिरिरी मुरली-धुन मा परी,
विहग ले पनि होश हराउँथे
 
कमललोचन को कमनीयता
मदनमोहन को महनीयता
म त गरूँ कसरी अब वर्णन
तन सँगै मन गर्छु समर्पण

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016