तब वसन्त आउला
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

मुलुक आज खिन्न छ
ज्वलित , छिन्न भिन्न छ
तर अझै छ ,आश क्यै
मधुर मन्द सास क्यै
 
कति हिमाल अग्लियो
विशद ताल सङ्लियो
किन यहाँ भएन क्यै ?
शनि दशा गएन क्यै ?
 
पवन घोर चल्दियो
गहन सोर गर्दियो
न त शिकार क्यै गर्यो
न त विकार नै हर्यो
 
घन घटा न वर्षिए
वन लता न हर्षिए
प्रकृति नाच्न सक्छ र ?
हृदय हाँस्न सक्छ र ?
 
बयल बृद्ध छन् सयौं
गलित गृद्ध छन् कयौं
बहर व्यर्थ छन् यहाँ
हर अनर्थ छन् यहाँ
 
जब बुढा हराउलान्
पथ खुला गराउलान्
तब जवान आउलान्
अनि तुफान ल्याउलान्
 
जब तुषारपात मा
अति कठोर रात मा
शिशिर अन्त धाउला
तब वसन्त आउला

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016