तिमी जुटे देश उठ्छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

डाँडा होस् या विकट पथ होस् ,चढ्नुपर्नेछ शीघ्र ।
काँडा होस् या सघन वन होस् , बढ्नुपर्नेछ शीघ्र ।।
खोला नाला गहन - सरिता - भेल होस् झेल्नुपर्छ ।
जस्तै गाह्रो विषम - खतरा , खेल होस् खेल्नुपर्छ ।।
 
पौँठे - जोरी नव - युग सँगै , गर्नुपर्नेछ भोलि ।
बाधा फोरी अघि अघि स्वयम् , सर्नुपर्नेछ भोलि ।।
तिम्रो बुद्धि - प्रतिहत भए , के गरौला लडाइँ ?
छाती तिम्रो प्रबल न भए , के चढौला चढाइ ?
 
बत्ती बाली उठ अब तिमी , रात त्यो चिर्न लाई ।
विद्रोही भै जुट अझ तिमी , युद्ध मा छिर्न लाई ।।
धामी झाँक्री चलन जति छन् , देश का फाल्नुपर्छ ।
बादी बोक्सी कलुषित प्रथा , छन् जहाँ ढाल्नुपर्छ ।।
 
तिम्रो श्रद्धा मुलुक सँग होस् , दर्बिला हे जवान !
आस्था - निष्ठा सब तिर बहोस् , खोलिदेऊ मुहान ।।
माटो छोयौ यदि हृदय ले , बासना आइदिन्छ ।
ढुङ्गो घोट्यौ पनि यदि भने , मूर्ति भै छाइदिन्छ ।।
 
निर्माता हौ अटल सुख का , भाग्य का हौ विधाता ।
सन्धाता हौ अमर युग का , चेतना का प्रदाता ।।
टुट्छौ हार्छौ जब जब तिमी , देश नै टुट्न पुग्छ ।
जुट्छौ जित्छौ जब जब तिमी , देश नै उठ्न पुग्छ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016