तिमी र म बीच को भिन्नता
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

कस्तो धीर समुद्र हौ भन प्रिये ! निश्चिन्त निर्धक्क छौ
तड्पेको छु सधैं यहाँ तर तिमी , सन्तुष्ट छौ ढुक्क छौ
मैले प्रेम गरें तिमी सँग स्वयं , आँधी बनें तेजिलो
तिम्रो जीवन देख्छु शान्त म त्यहाँ,त्यो छैन है दर्दिलो
 
झर्ना झैँ म बहन्छु भावुक बनी , चट्टान जस्तै तिमी
डाली झैँ म छु चञ्चले चुलबुले , उद्यान जस्तै तिमी
छाती मा म अथाह बोक्दछु धुवाँ,तिम्रो उहीँ स्नेह छ
बोक्रा झैँ म छु ; मोहिनी सुमन झैँ , तिम्रो उही देह छ
 
कौवा झैँ म रुखो कराउँछु सधैं,का..का.. गरी बेसरी
क्वैली झैँ जब गाउँछ्यौ मृदुमयी,लाग्छ्यौ तिमी किन्नरी
चोखो बालक झैँ तिमी सरल छौ , विक्षिप्त साह्रै म छु
आफैं मा परिपूर्ण छौ सहज छौ, झन् रिक्त साह्रै म छु
 
मेरो धैर्य रहन्न पर्खिरहने , भत्कन्छु भत्कन्छु म
मेरो शौर्य रहन्न रोष सहने , भड्कन्छु भड्कन्छु म
तिम्रो देख्छु सदैव पर्खिरहने , बानी प्रतीक्षा कडा
धर्ती झैँ सहने र कोप पिउने , मौनी तितिक्षा बडा

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016