तिम्रो शब्द विना गीत , अर्को हुन्छ म मान्दिनँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

तिम्रो शब्द विना गीत , अर्को हुन्छ म मान्दिनँ
तिमी छैनौ भने स्वर्ग , अर्को हुन्छ म ठान्दिनँ
 
लाखौं नक्षत्र - तारा छन् , चित्त चोर्दैछ चन्द्रमा
तिमी हौ मेनका रम्भा , परी अर्को म छान्दिनँ
 
हर सौन्दर्य मा देख्छु , म तिम्रो मुख - माधुरी
तिमी भिन्न कुनै वस्तु , अर्को हुन्छ म जान्दिनँ
 
आस्वाद हौ तिमी दिव्य , विचित्र रस - राग हौ
तान्दैछु सार - सर्वस्व , अर्को तत्त्व म तान्दिनँ
 
पहाड दुनियाँ को म , बोकेको छु सधैं भरि
तिमी बाहेक हे कृष्ण ! अर्को बोझ म धान्दिनँ
 
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016