तीतो टर्रो भाव रोकेर आऊ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

आऊ आऊ , दर्बिला रक्त आऊ
यो माटो का , गर्बिला भक्त आऊ
कैयौं सल्के , क्रान्ति का अग्नि ज्वाला
सल्केनन् खै , ती अरिङ्गाल काला
 
सानो ठूलो , वर्ग या जात - भात
चुच्चे नेप्टे , आर्य - मङ्गोल जात
भन्ने एस्ता , भाव रोकेर आऊ
धर्ती जस्तो , चित्त बोकेर आऊ
 
हाम्रो सच्चा , शत्रु हो भोक भन्थ्यौ
हाम्रो सच्चा , मित्र उद्योग भन्थ्यौ
शिक्षा - दीक्षा , पङ्गु लाग्दो छ आज
छोरा खाडी , तर्फ ताक्दो छ आज
 
हामी लाई , झूट को राश हैन
इन्द्रेणी झैँ , रङ्गिलो आश हैन
आफ्नो लाग्ने , माम को गास देऊ
पानी थेग्ने , ओतिलो वास देऊ
 
यो माटो मा , रक्त को क्रान्ति हैन
मिथ्या आशा , नित्य विभ्रान्ति हैन
माटो भिज्ने , स्वेद को क्रान्ति ल्याऊ
बारी टारी , खेत मा कान्ति ल्याऊ
 
दाना हाम्रै , बीज औ खाद ले होस्
नाना हाम्रै , सीप उत्पाद ले होस्
छाना आफ्नै , वस्तु निर्माण को होस्
गाना आफ्नै , अस्मिता शान को होस्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016