दयनीय गाई
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

गाई ब्याए , दूध देला भनेको
वर्षौं पैले , देखि औंला गनेको
ब्यायो गाई,दूध झर्दै झरेन
हाम्रो आशा , पूर्ण गर्दै गरेन
 
उल्टै गाई , रोग ले ग्रस्त झैँ भो
झन्झन् साह्रो ,शोक ले त्रस्त झैँ भो
गोठाला ले , काम केही गरेनन्
यो गाई को , रोग हर्दै हरेनन्
 
गाई लाई , घाँस-पानी त छैन
गोठाला ले , गर्दछन् रोज चैन
सेवा गर्ने , भावना भैदिएन
मेवा टिप्ने , चाहना गैदिएन
 
चुल्हो चीसो,हुन्छ तात्दैन पानी
जैले उस्तै , हुन्छ चीसो बिहानी
बाच्छा-बाच्छी,छन् कराई बसेका
देखिन्छन् ती,पेट झन्झन् कसेका
 
गोठाला को , सोमती नै रहेन
गाई लाई , ओखती नै भएन
गाई हेर्ने , व्यक्ति आओस् न कोही
सेवा गर्ने ,शक्ति ल्याओस् न कोही

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016