दुर्व्यसन का विरुद्ध मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

कैयौं सुदृढ काँध दुर्व्यसन मा,फँस्दैछ यो देश को ।
आशा दीपक अन्धकार बिच मा,निभ्दैछ यो देश को ।।
लाखौं लाख युवा समूह छ यसै,बिग्री बसेको यहाँ ।
ऊर्जावान् सुर-चेतना छ उसको,थिग्री बसेको यहाँ ।।
 
पारी देश समृद्धियुक्त उसले,शृङ्गार गर्थ्यो अझै ।
केही भिन्न गरेर विश्व भर का,जङ्घार तर्थ्यो अझै ।।
तेस्तो सिर्जनता विचित्र उसको,बेहोश भै के भयो ?
लागूऔषध बाट आज उसले,दायित्व भुल्दै गयो ।।
 
लागूऔषध को कुचक्र छ यहाँ,के हेर्छ यो राज्य ले ?
त्यो सञ्जाल विचित्र वक्र छ यहाँ,के गर्छ यो राज्य ले ?
खुल्ले आम छ औषधी-पसल त्यो,किन्छन् युवा ले त्यहाँ ।
बेहोशीपन मा भुलीकन नशा,लिन्छन् युवा ले यहाँ ।।
 
लागूऔषध मा युवा मन फँसे,के हुन्छ यो देश को ?
बेहोशीपन भित्र जीवन पसे,के हुन्छ यो देश को ?
सारा व्यक्ति समाज सङ्घ दुनियाँ,जागौं न जागौं अब । ।
यो विध्वंस गरेर छाड्न मन ले,लागौं न लागौं अब ।।
 
मूर्च्छा जीवन हैन यो सुन तिमी,यो देश का हे युवा !
बेहोशी सुख हैन यो बुझ तिमी,यो देश का हे युवा !!
तिम्रो जोश र होश पूर्णमति को,खाँचो छ यो सत्य हो ।
तिम्रै तेज दिमाग मा मुलुक को,साँचो छ यो तथ्य हो ।।
 
इच्छा शक्ति जगाउँदै सबल भै,चट्टान होऊ युवा !
गर्दै उत्तम साधना;प्रगति या उत्थान छोऊ युवा !!
आगो निल्न हुरी पचाउन तिमी,सक्छौ उँघो लम्किय ।
विद्युत् शक्ति निकाल त्यो हृदय को,तारा बनी चम्किय ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016