धन को दूध मा हेर ! पाप को सर्प पालिंदै
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

धन को दूध मा हेर ! पाप को सर्प पालिंदै
गाई बन्न,गधा हेर ! दूध ले छ पखालिंदै
 
कस्तो शिशिर को बेला,कोइली लुक्न बाध्य छ
लोभी-पापीपना हेर ! माथि - माथि उकालिंदै
 
धमिलो जल मा माछा,मार्ने कस्तो प्रथा बस्यो ?
देश को खाल मा हेर ! शकुनि-जाल फालिंदै
 
आफ्नो रगत ले आफ्नै,मुटु खाने हुँदा पनि
आमा का नेत्र मा हेर ! आशा का दीप बालिंदै
 
वन मात्रै कहाँ हो र ? मन जल्दो छ दन्दनी
बलेको अग्नि मा हेर ! अझ पेट्रोल हालिंदै
 
आँखा हेर्दै छ खाडी मा, दिल थामेर बस्नु छ
चेली को वेदना हेर ! भक्भकी छ उमालिंदै

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016