धनी र गरीब का कुरा
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

मार्ग मा रुपियाँ भेटे , महात्मा ले कुनै दिन
दु:खी लाई दिने इच्छा , जाग्यो है फेरि तत्क्षण
#
देखे त्यो मार्ग मा एक , सवारी भूप को भयो
उनको लक्ष्य अर्कै को , देश हत्याउने थियोे
#
महात्मा ले सबै सोधे , सवारी किन यो भयो ?
जिज्ञासा मेटियो सारा , न शङ्का मन मा रह्यो
#
भूप को त्यो सवारी झन् , बढ्दै गयो अघिल्तिर
महात्मा जी छिटो लस्के , पुगे ती पालकी निर
#
महात्मा ले चढाए त्यो , भेटेको रुपियाँ त्यहीँ
तर भूप रिसाएर , अग्नि ज्वाला भए उहीँ
 
चढायो रुपियाँ तुच्छ , साधु ले किन यो गर्यो ?
अपमान गरे जस्तो , भूप का मन मा पर्यो
 
तुरुन्तै भूप ले सोधे - चढायौ किन यो धन ?
दिए उत्तर साधु ले , अचम्म सँग तत्क्षण
 
दु:खी गरीब लाई म , दिनेछु रुपियाँ यही
ठान्थेँ खोज्थेँ दुखी त्यस्तो , हेर्दै थिएँ जहाँतहीँ
 
अकस्मात् भेटियो यौटा , सबै भन्दा दुखी नर
अरू को धन देखेर , जो बन्यो लोभ को घर
 
आफ्नो सम्पत्ति देख्दैन , अरू को देख्छ दोब्बर
त्यो भन्दा विश्व मा अर्को , गरीब कुन हुन्छ र ?
 
लौ सत्य भन हे राजन् ! के मैले अन्यथा गरें ?
जहाँ पर्ने थियो छर्न , उहीँ सम्झेर यो छरेँ
 
अरू को लुट्न जाँदैछौ , ऐश्वर्य - धन - जीव झन्
कहाँ खोजूँ म अर्को त्यो , तिमी भन्दा गरीब झन् ?
 
भूप को घट मा घाम , लाग्यो होश खुल्यो तब
महात्मा ले दिए त्याग - सेवा को धन - वैभव

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016