धर्ती रहन्छिन् इनै
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

हानेको छ चवन्न को शिशिर ले , चीसो कहाँ हुन्छु म ?
तीता छन् अनुभूति यो हृदय मा , तीतो कहाँ हुन्छु म ?
तारा झैँ अविराम चम्किरहने , इच्छा सधैं गर्दछु
आफ्नो लक्ष्य अगाडि लम्किरहने , ऊर्जा स्वयं भर्दछु
 
मेरा सामु विशाल साल र शिशौ , हावा - हुरी ले लडे
बूढा आँप र चाँप पीपल शमी , माघे - झरी ले मरे
बाढी ले कति बन्धु - बान्धव बगे , ती फर्किएनन् कुनै
आँधी व्याधि तुषार ले कति लगे , ती फर्किएनन् कुनै
 
आँखा सामु चुँडी लग्यो समय ले , ती फूल का पल्लव
कालो रात सँगै हराउन पुगे , ती प्राण का वल्लभ
देखेका कति साहसी विषहरी , ती याद मात्रै बने
प्रेमी का अति प्रेयसी सहचरी , ती याद मात्रै बने
 
बूढा व्यक्ति गए युवा कति गए , राजा र रानी गए
पत्नी कत्ति गए सँगै पति गए , कैयौं जवानी गए
साना बालक बालिका पनि गए , यो नेत्र का सामु मा
कैयौं मालिक मालिका पनि गए , यो नेत्र का सामु मा
 
जाला देह ढलेर एक दिन यो , धर्ती रहन्छिन् इनै
जल्ला देह चिता बनी बगर मा , कृष्णा बहन्छिन् इनै
फुल्लान् फूल सुरम्य बाग - वन मा,गर्लान् चरी चिर्बिरी
यो सांसारिक रङ्गमञ्च बिच मा,नाच्लान् परी फिर्फिरी

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016