नग्न नाँच
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

राजा नग्न छ लाख लाख थपडी , मारेर "आहा" भनी
झ्याली बज्छ मृदङ्ग बज्छ नगडा , साथै दमाहा पनि
चम्चा थाल र डाडु छन् पनियुँ छन्,ती बज्दछन् आखिर
गुञ्जेको जयकार ले छ धरती , वा…वाह… चारै तिर
 
भ्रष्टाचार बढोस् कि वाइड बडी होस् मञ्च मा नाच्नु छ
यै मौका छ भविष्य निम्ति अहिल्यै,श्रीसम्पदा साँच्नु छ
नाङ्गो नाँच गरे सधैं पनि यहाँ , को बोल्न पो सक्छ र ?
बाक्सा टन्न भरे लुटे पनि यहाँ , को बोल्न पो सक्छ र ?
 
लाखौं मानिस बाट राजपथ मा , राजा रथारूढ छ
हर्षोल्लास हुँदोछ यो शहर मा , आनन्द को चूड छ
राजा का तन मा सुशोभित हुँदै , छन् स्वर्ग का अम्बर
भन्दैछन् जन सामु सेवकहरू , आहा ! बडो सुन्दर !
 
"राजा नग्न छ है" भनीकन यहाँ , भन्दैन कोही पनि
आफैं मालिक बुद्धि को मगज को ,बन्दैन कोही पनि
कोही लुब्ध बनेर मौन छ त्यहाँ , कोही डराईकन
कोही मौन छ स्वाभिमान मन को , बिक्री गराईकन
 
राजा - भक्तहरू उपासकहरू , राजा सँगै बस्दछन्
राज्यासक्तहरू प्रशंसकहरू , घ्यू पाउ मा घस्दछन्
राजा को सब नग्नता भनिदिने , आएन खै बालक
नौलो वाहन यो कुदाउन यहाँ , जन्मेन खै चालक

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016