नयन का प्याला बनाऊँ कि म
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

तिम्रा उत्तम अङ्ग ले अवनि को , सौन्दर्य फैलाउँछन्
तिम्रा कोकिल कण्ठ ले अमृत को , माधुर्य वर्षाउँछन्
तिम्रा रक्त नसा नदी तरल भै , सञ्जीवनी बाँड्दछन्
तिम्रो दर्शन जो सुकै जन गरून् ,स्रष्टा बनी छाड्दछन् १
 
छल्कन्छन् सुख-शान्ति का कलश ती,तिम्रा सबै अङ्ग मा
झल्कन्छन् नव कान्ति का तिलहरी , नौला नयाँ रङ्ग मा
तिम्रो उज्ज्वलता निहार्छ दुनियाँ , हे शैल की स्वामिनी
कस्तो कोमलता छ त्यो वदन मा , हौ चन्द्र की चाँदनी २
 
चम्केका हिमरत्न का मुकुट ले , उद्दीप्त तिम्रो शिर
हाँसेका पहरा र उच्च चुचुरा , लाग्छन् सदा मन्दिर
तिम्रो मन्द सुगन्ध सास बहँदा , भञ्ज्याङ ले गाउँछ
नाच्दै कुञ्ज-निकुञ्ज ले मन छुने , सङ्गीत घन्काउँछ ३
 
झुम्छन् मस्त बनेर फूल लहरा , को हुन्न सम्मोहित ?
छाती मा पनि दूध को छ छहरा , हुन्छन् सबै विस्मित
तिम्रा ती चरणारविन्द-तल मा , स्वर्गीय उद्यान छन्
मीठा जीवन दायिनी स्फटिक झैँ , पीयूष का पान छन् ४
 
तिम्रो सुन्दरता उनूँ , सुमन का माला बनाऊँ कि म ?
तिम्रै दिव्य छटा बुनूँ , नयन का प्याला बनाऊँ कि म ?
या लेखूँ कविता नयाँ गहकिलो , भर्दै अलङ्कार म ?
या देखूँ अनुहार मा चहकिलो , सर्वोच्च शृङ्गार म ? ५

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016