नामर्द सत्ता
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

नामर्द लाचार छ आज सत्ता
बेरोजगारी हुन बाँड्छ भत्ता
खोल्दैन उद्योग नवीन खाले
च्यात्दै छ झन् देश - रुमाल जाले
 
उद्योग का लागि न दिन्छ कर्जा
न योग्यता हेर्छ न दिन्छ दर्जा
पुंसत्व ले हीन छ आज सत्ता
बेरोजगारी हुन बाँड्छ भत्ता
 
न दिन्छ पेशा , न त कामधन्दा
न गर्न क्यै जान्दछ बात भन्दा
झन् खुस्कँदै छन् अवशिष्ट लत्ता
नामर्द लाचार छ आज सत्ता
 
न ऊ लगानी जल माथि गर्छ
न कारखाना - कल माथि गर्छ
न स्वास्थ्य शिक्षा तिर छन् लगानी
ऊ खर्छ आफ्नै दल माथि गर्छ
 
राजस्व खाएर डकार भर्न
खोकी रुघा को उपचार गर्न
विदेश ऊ जान्छ लिएर जत्था
एस्तै निकम्मा छ सडान्ध सत्ता
 
गोटी बनेको छ सधैं अरू को
धोती बनेको छ अरूहरू को
न भाँच्छ सिन्का न त झार्छ पत्ता
नामर्द लाचार छ आज सत्ता

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016