नारी
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

नारी हुन् ममता-दया-सरलता,यो सृष्टि की सिर्जना
नारी हुन् समता-सुधा-सरसता, सद्भाव-सञ्चेतना
नारी लच्छिन हुन् सदैव घर की,सङ्गीत हुन् गीत हुन्
झर्ना हुन् मरुभूमि का बिच उनी,आनन्द हुन् प्रीत हुन्
 
नारीशून्य हुँदा जुनै दिनहरू,लाग्छन् निशा नै सरि
नारीहीन हुँदा जुनै घरहरू,लाग्छन् मसानै सरि
नारी मा मुसकान चढ्दछ भने,हुन्छन् खुशी देवता
नारी मा दुख-दर्द बढ्दछ भने,हुन्छन् दुखी देवता
 
नारीशक्ति विना सबै सफलता,आकाश को फूल हो
नारीशक्ति विहीन पौरुष सबै,पाताल को धूल हो
नारी रुष्ट भए भने ग्रह-दशा,बिग्रन्छ आँफै पनि
नारी पुष्ट भए भने दश दिशा,सुध्रन्छ आँफै पनि
 
नाना शक्ति प्रदायिनी भगवती ,नारी थिइन् कालिका
सच्चा भक्ति प्रदायिनी पनि उनै, नारी थिइन् राधिका
विद्या-बुद्धि दिएर सार्थक जुनी,पार्ने उनै शारदा
नारी ईश्वर का विशिष्ट रचना,हुन्छन् सदा-सर्वदा
 
नारी पुग्न समर्थ छन् जतिसुकै,सर्वोच्च होऊन् पद
सक्छन् चढ्न र बढ्न शैल-पहरा,छन् शक्तिशाली कद
सेना वा प्रहरी बनी मुलुक को , रक्षा उनै गर्दछन्
बोक्छन् देश समृद्धि ल्याउन उनै,सञ्चेतना छर्दछन्
 
जाऊन् दूर तथापि हुन्छ उनको ,आमा-बुबा मा मन
पाऊन् कष्ट अनेक किन्तु घर मै,दिन्छन् सबै जीवन
यस्तो सत्य हुँदाहुँदै पनि अहो!"ती गर्भमा छिन्"भनी
मार्छन् भ्रूण मनुष्य ले किन हरे ! घाती र पापी बनी ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016