नारी-उद्बोधन
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

तिमी नै हौ नारी,सकल धरती की मधुरता
तिमी प्यारी-प्यारी,सुख-सुमन की कोमल लता
रमा रम्भा राधा,भवसँग भवानी पनि तिमी
सती साध्वी सीता,शिव सँग शिवानी पनि तिमी
 
तिमी नै हौ उष्मा,तन र मन की स्पन्दन तिमी
तिमी नै हौ ऊर्जा,हर पुरुष की जीवन-तिमी
छ तिम्रो आत्मा मा,मधुर ममता को प्रिय छवि
तिमी बाटै बन्छन्, उपकृत सबै सुन्दर कवि
 
तिमी ज्यामा बन्दा,सकल शिशु संस्कारित हुने
तिमी आमा बन्दा,गहन-सुख सञ्चारित हुने
जसै छोरी बन्छ्यौ,हर किसिम का लच्छिन दिने
जसै प्यारी बन्छ्यौ,मृदुल-मधु मायाँ पनि दिने
 
तिमी हाँस्यौ भन्दा,घर-महल हाँस्दिन्छ सब को
तिमी रोयौ भन्दा,सुख-सयल नास्दिन्छ सब को
खुशी हुन्छन् द्यौता, यदि खुश तिमी नै भइदिए
दुखी हुन्छन् उस्तै, हृदय बिच पैह्रो गइदिए
 
तिमी लाई चेप्छन्,अझ पनि कतै दुष्ट-जनले
हिलो छेप्छन् हेप्छन्,दनुजमय पापिष्ट-जनले
कतै तान्छन् तिम्रो,रगत मुख ले तन्तन कति
कतै खान्छन् तिम्रो,श्रम र पसिना झन्झन कति
 
त्यसैले हे नारी ! अब शिखर उत्तुङ्ग छुनु छ
दुराचारी माथि, ज्वलितमय अङ्गार हुनु छ
अबेला होला है, तन र मन ले जाग न छिटो
स्वयं चण्डी बन्दै-विकट पथ मा लाग न छिटो

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016