नारी
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

नारी नै हुन् , प्रेय का मूर्त रूप
नारी नै हुन् , श्रेय का सत्स्वरूप
हुन् ती नारी , शक्तिरूपा अवश्य
नारी ले नै , थाम्नु पर्ने छ विश्व
 
नारी ऊँचो, कर्म ले गर्विता छिन्
नारी आफ्नै, धर्म मा अर्पिता छिन्
झर्ना जस्तै , निर्मला-शीतला ती,
लक्ष्मी जस्तै मञ्जुला-चञ्चला छिन्
 
हुन्छन् नारी,कोमला चित्त चोर्छन्
हुन्नन् नारी दुर्बला,दुर्ग फोर्छन्
चण्डी बन्दै , रक्तबीजादि मार्छन्
पाखण्डी का , ती अहंकार झार्छन्
 
नारी साक्षात् , त्याग का चेतना हुन्
श्रद्धा निष्ठा,प्रेम का प्रेरणा हुन्
नारी हाँसे , सृष्टि नै हाँसिदिन्छ
रोए धोए, चौदिशा नाशिइन्छ
 
हाम्रा नारी , आज छन् शोचनीया
बन्नैपर्थ्यो , ती सदा पूजनीया
गार्गी,गौरी, राधिका, जानकी झैं,
होलान् नारी, नित्य सम्माननीया ?
 
नारी हिंसा , देश मा चर्कँदो छ
नारी आत्मा त्रास ले तर्सँदो छ
पीडादाता, जो छ ऊ , छुट्नुहुन्न
नारी को यो , अस्मिता टुट्नुहुन्न
 
नारी नै हुन् , अर्द्ध आकाश ढाक्ने
नारी नै हुन् , देश को नाक राख्ने
नारी लाई , देश सुम्पेर हरौं
जिम्मेवारी पूर्ण अर्पेर हेरौं
 
माता-धाता , देश का भव्य नारी
वक्ता-नेता , देश का सभ्य नारी
नारी ऐना , देश का बन्न सक्छन्
जङ्गी-सेना , ती स्वयं बन्न सक्छन्

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016