निर्मलाहरू का लागि
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

राता कोमल ओठ नै बनिदिऊन् , अङ्गार हे निर्मला !
वाणी उज्ज्वल अग्नि झैँ बलिदिऊन् , खुङ्खार हे निर्मला !!
गिद्धे दृष्टि तिमी समक्ष नउठून् , जो दुष्ट छन् कुष्ठ छन् !
तिम्रो क्रोधिल अग्नि को ज्वलन मा,ती भस्म हून् ध्वस्त हून् !!
 
पापी रावण सामु मा गर स्वयं , फुङ्कार हे निर्मला !
विद्रोही हुन आज नै गर धनुष्टङ्कार हे निर्मला !!
नारी का सपना चिहान नबनून् , चण्डी - निराली हुनू !
हिंसा या भय का मुहान नबनून् , काली - कराली हुनू !!
 
नारी आँशु पिएर हाँस्न नपरोस् , यो हेर है निर्मला !
पीरै - पीर लिएर बाँच्न नपरोस् , यो हेर है निर्मला !!
भोगी दानवता उडाउन तिमी , आँधी - हुरी बन्नुछ !
हिंसा को प्रतिकार गर्न त स्वयम् , खुर्पा - छुरी बन्नुछ !!
 
नारी नित्य बलात्कृता छ घर मै , यो जान हे निर्मला !
साँच्चै छे अपहेलिता शहर मै , यो मान हे निर्मला !!
बेचिन्छे अझ गाउँ बाट कति नै , भोग्दैछ ऊ रौरव !
ऊ दु:शासन देख्दछे पुरुष नै , देख्छे छली कौरव !!
 
छन् अज्ञान घना टनाटन यहाँ , ती फोड हे निर्मला !
छन् अज्ञात अनेक बन्धन यहाँ , ती तोड हे निर्मला !!
तिम्रो निर्भयता सँगै विजय ता , मिल्नेछ लाग्यौ भने !!
तिम्रो भुक्ति र मुक्ति मा सफलता , मिल्नेछ जाग्यौ भने !!
 
ऊ आगै हुनुपर्छ यो समय मा , यो जान हे निर्मला !
ऊ नागै हुनुपर्छ भोक - भय मा , यो मान हे निर्मला !!
छाया होइन ऊ कुनै पुरुष की , यो ज्ञान देऊ तिमी !
काया होइन ऊ कुनै अजब की , अज्ञान लेऊ तिमी !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016