निर्लज्ज साँढेहरू
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

साँढे हुन् विधि देखि माथि तिनको , निर्लज्ज आचार छ
ती स्वच्छन्द - स्वतन्त्र छन् र तिनले , गर्ने दुराचार छ
खेती भित्र छिरी चरी बल गरी , फाँडेर सक्छन् तिनै
तोरी धान मकै उवा गहुँ चना , माडेर सक्छन् तिनै
 
घुम्छन् नित्य अहम् प्रदर्शन गरी , हालेर दाईं सधैं
डुक्रन्छन् अनि जुध्दछन् हरघडी , गर्छन् रजाईं सधैं
ढल्काएर जुराहरू शहर मा , स्वच्छन्द हिंड्छन् तिनै
हल्लाएर फिलाहरू डगर मा , लड्छन् र भिड्छन् तिनै
 
बारी जोत्नुपर्यो भने विफल छन् , मै - मत्त साँढेहरू
भारी बोक्नुपर्यो भने अबल छन् , उन्मत्त साँढेहरू
गाडा तान्न सदैव अक्षम हुँदै छन् दुष्ट साँढेहरू
छाडा बन्न भने सदा कुशल छन् , ती भ्रष्ट साँढेहरू
 
बोरा मा मुख गाड्न चामल चिनी , खाएर सिद्ध्याउन
भेली या गुड चाट्न दाल - दलिया , खाएर रित्त्याउन
को सक्ला प्रतियोगिता यदि भए , ती दुष्ट साँढे सँग ?
को जित्ला र लडाइँ मा अघि बढे , ती भ्रष्ट साँढे सँग ?
 
टेर्दैनन् तिनले जुनै किसिम का गाली , कसैले गरून्
फेर्दैनन् तिनले स्वभाव मन को , जे जे गरून् जो मरून्
साँढे को कटु राजनीति छ यहाँ , मानौं महाभारत
पासो फाल्न यहाँ सबै शकुनि छन् ,जाली छली छन् सब
 
साँढे का कति हूल छन् कति यहाँ , को गन्न सक्ला र खै ?
साँढे का कति वर्ग छन् कति यहाँ , को भन्न सक्ला र खै ?
मिल्छन् खान र निल्न लुट्न सहजै , निर्लज्ज साँढेहरू
मिल्दैनन् यदि स्वार्थ बाझिन गए , ती नीच साँढेहरू

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016