निश्छल निर्मल बालक गाऊन् , भन्दै देश महान् ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

निश्छल निर्मल बालक गाऊन् , भन्दै देश महान् ।
खेत-खला मा कृषक रमाऊन् , भन्दै देश महान् ।।
 
राजनीति मा परिमार्जन होस् ,सेवा भाव बढोस् ।
मुलुक सबै ले सबल बनाऊन् , भन्दै देश महान् ।।
 
रक्त युवा को उम्लन थालोस् ,देश निमित्त सदा ।
सूर्यचन्द्र्युत-ध्वज फहराऊन् , भन्दै देश महान् ।।
 
मुलुक उचाली लग्नुछ माथि , काँध मिलोस् सब को ।
जति छन् दूर प्रवासी आऊन् , भन्दै देश महान् ।।
 
पसिना पोखून् हर नरनारी ,स्वर्ण फलाई जाऊन् ।
जन्मभूमि को माथ सजाऊन् , भन्दै देश महान् ।।
 
साँध सिमाना संरक्षित होस् , सेना सजग रहून् ।
जे-जति होऊन् शत्रु लखेटून,भन्दै देश महान् ।।
 
तनमन-जीवन पावन पारून्,जन-जागृति होस् भव्य ।
निर्मल हिम-जल शिर मा लाऊन्,भन्दै देश महान् ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016