पृथ्वी जयन्ती सन्दर्भ मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

अग्नि को गर्भ मा पालिएको थियो ।
चन्द्र झैँ सूर्य झैँ बालिएको थियो ।।
 
सिन्धु--निर्माण ऊ गर्दथ्यो बिन्दु ले ।
एकता--योजना थालिएको थियो ।।
 
युद्ध उत्तुङ्ग होस् कर्म को भीषण ।
लौह-इस्पात झैँ गालिएको थियो ।।
 
पूर्व टिष्टा हुँदै पश्चिमी काङ्गडा ।
शैल सम्पूर्ण नै चालिएको थियो ।।
 
अग्नि ले सालघारी टिपे झैँ गरी ।
उग्र उत्साह उत्तालिएको थियो ।।
 
बाल होस् वृद्ध होस् , या युवा चेतना ।
रक्त आग्नेय भै ज्वालिएको थियो ।।
 
भाव - गाम्भीर्य बोक्दै कुद्यो लेखनी ।
शब्द नै श्लोक मा ढालिएको थियो ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016