फागु आयो
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

रङ्गी - चङ्गी , भाव - भङ्गी पिएर
इन्द्रेणी को , सप्तरङ्गी लिएर
नाच्दै झुम्दै , गाउँदै फागु आयो
मायाँ मीठो , लाउँदै फागु आयो
 
राता नीला , सुन्तला रङ्ग हाली
काला फुस्रा , या सुगा रङ्ग फाली
टोली टोली , कुर्लंदै फागु आयो
मस्ती गर्दै , उर्लंदै फागु आयो
 
झाले माले , पूत जस्ता भएर
टाटे पाङ्ग्रे , भूत जस्ता भएर
उफ्री उफ्री , जङ्गिंदै फागु आयो
रातै नीलै , रङ्गिंदै फागु आयो
 
टाढा टाढा , मित्रता गाँस्न लाई
तीखा काँडा , शत्रुता मास्न लाई
तीतो टर्रो , काट्न यो फागु आयो
मायाँ मीठो , साट्न यो फागु आयो
 
एकार्का मा , उच्च उत्साह भर्न
बाधा पीडा , दु:ख को दाह गर्न
हाँस्दै खेल्दै , गाउँदै फागु आयो
मायाँ मीठो , लाउँदै फागु आयो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016