भरोसा अति मानेको , उही आज छली भयो
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

भरोसा अति मानेको , उही आज छली भयो
तेजावी सुन ठानेको , उहीँ नै नक्कली भयो
 
गरीबी को थियो घाउ , नून थप्नेहरू बढे
चीसो मौसम को माथि,झन् बाक्लो बदली भयो
 
घर को जग नै फोर्ने , कुरा गर्थ्यो हिजो उही
लाखु एक्कासि मान्छे झैँ , के गरी असली भयो ?
 
मरे उद्योग - वाणिज्य , धराशायी बन्यो कृषि
सुख समृद्धि को मानौं , आज श्रद्धाञ्जली भयो
 
युवा - मस्तिष्क निर्यात , भयो विश्व बजार मा
बिराना गाउँ बन्दै छन् , अन्धकार गली भयो
 
दूध पिलाउने लाई , डस्ने शैली बन्यो यहाँ
जीत दिलाउने माथि , झन् ठूलो धाँधली भयो
 
स्वाभिमान बिक्यो आज , सँगै राष्ट्रिय भावना
नेतृत्व अरुको गोटी , अरूकै पुतली भयो
 
हक पाइन्न मागेर , खोस्नै पर्दछ त्यो बलात्
सत्ता भेट्टाउने सेतु , बन्दुक को नली भयो

 

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016